त्रियुगा ४ बगाहाको सालघारीमा सुविधा सम्पन्न मेयर्स पार्क बन्ने

Logo
शनिबार, जेठ १३, २०८०

उदयपुर । त्रियुगा नगरपालिकामा मेयर्स पार्क बन्ने भएको छ ।नगरपालिकाको वडा ४ स्थित माटेखाडी सालघारीमा मेयर्स पार्क बन्ने भएको हो । आज नगर प्रमुख वसन्त कुमार बस्नेतले मेयर्स पार्कको शिलान्यास गरेका छन । डिपिआर समेत बनेको मेयर्स पार्कमा त्रियुगा नगरपालिकाका प्रथम मेयर स्वर्गीय लाल शेर राईको प्रतिमा राखिने छ ।

आठ करोड लागत अनुमान गरिएको मेयर्स पार्कमा दुई वटा पोखरी सहित सुविधा सम्पन्न पार्क बन्ने छ । पर्यटनलाई समेत मध्य नजर गरि बोटिङ्ग सम्म गर्न मिल्ने गरि पोखरी, साङ्गीतिक कार्यक्रम स्थल, वनभोज कार्यक्रमस्थल, धार्मिक तथा पौराणिक महत्त्वका विभिन्न बस्तुहरूको आकृति र आवाससहितको विश्राम गृहसमेत पार्कमा रहने छ ।

घर परिवार आएर आनन्द लिएर बस्न मिल्ने र भित्रै पैदल यात्रा गर्न मिल्ने बाटो निर्माण गरिने नगर प्रमुख बस्नेतले जानकारी दिए । पार्क निर्माण गर्न लागिएको क्षेत्र सिमसार क्षेत्र रहेकाले यसको संरक्षणसँगै यस किसिमको पार्क निर्माणबाट आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य रूपमा सहभागिता हुने र त्यसबाट यहाँका स्थानीय बासिन्दालाई आर्थिक र सामाजिक पक्षमा राम्रो फाइदा पुग्ने मेयर बस्नेतले उल्लेख गरे ।

करिब आठ बिघा जग्गामा फैलिएको निर्माणाधीन मेयर पार्कभित्र यस वर्ष शौचालय दुईवटा, सुरक्षाकर्मीका लागि आवास कोठा, भान्सा कोठा, टिकट घर, दुई ठुला पोखरीको बीचमा पानीको निकास प्रवाहका लागि होमपाइप जडान, ठूलो पोखरीको उत्तरतर्फ मन्दिर निर्माण गर्ने गरि मुल्री अभिवृद्धि करसहित ३१ लाखमा सौभाग्य निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

यसअघि माटेखाडी सालघारी हरित पार्क निर्माणका लागि भनेर अघिल्ला वर्षमा नै त्रियुगा नगरपालिकाले ४२ लाख ४९ हजार रुपियाँ र स्थानीय उपभोक्ता समितिका तर्फबाट सात लाख ५० हजार नगद जम्मागरी कूल ४९ लाख ९९ हजार रुपियाँको लागतमा चारैतर्फ पक्की पर्खाल बनाइएको वडा ४ का वडा अध्यक्ष बद्रीकुमार बस्नेतले बताए ।

हारित पार्क निर्माण गर्न भनेर संरक्षण गरिएको यो स्थलमा अहिले पनि दुईवटा पोखरी छन । पोखरीमा विभिन्न प्रजातिका हाँस र पानीमा आहारा खोज्ने अन्य चराहरूलगायत पार्कभित्र हाल ३२ प्रजातिका चराहरू हेर्न सकिने भएकाले चराहरूको अध्ययन अनुसन्धान गर्नेहरूका लागि समेत यो पार्क अत्यन्त महत्त्वपूर्ण साबित हुने वडा ३ का वडा अध्यक्ष तिलक कटुवालले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]