गणतन्त्र दिवसमा त्रियुगा नगरपालिकाद्वारा विरामीलाई फलफुल वितरण

Logo
सोमबार, जेठ १५, २०८०

उदयपुर । गणतन्त्त दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले उदयपुर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । नगर प्रमुख बसन्त कुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अस्पताल पुगेर करिव १ सय जना बिरामीलाई फ्रुटी र फलफुल वितरण गरेका हुन ।

मेयर बस्नेत सहित उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, वडा ११ का वडा अध्यक्ष सुमन्त कोइराला, वडा नं २ का वडा अध्यक्ष घमान सिंह खत्री, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल र नगरपालिकाका कर्मचारीहरुले समेत फलफुल वितरण गरे।

नगर प्रमुख बन्सेतले फुलफुल वितरण संगै विरामीको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएका थिए । उनले फलफुल वितरणसंगै सम्पूर्ण विरामीको स्वास्थ्य लाभको कामना गरे । यस्तै गणतन्त्त दिवसकै अवसर पारेर माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले जिल्ला अस्पताललाई सेवा ग्राही बस्ने स्टिलको कुर्सी उपलब्ध गराएकाको छ। उक्त स्टिलको कुर्सी नगर प्रमुख र उपप्रमुखले जिल्ला अस्पतालाई हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।