त्रियुगा नगरपालिकाको एक बर्षे प्रगति विवरण : १ हजार युवालाई स्वरोजगार र उद्यमशील बनाउने गरि काम भएको

असहाय, सुकुम्बासी भूमिहिनहरुलाई घरवास कार्यक्रम मार्फत आवास गृह निर्माण गरी वितरण गर्ने
Logo
खेमराज दाहाल शुक्रबार, जेठ १९, २०८०

उदयपुर।  उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नो एक बर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको एक बर्ष पुगेको अवसरमा नगरपालिकाले कार्यकालको एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको हो।

नगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणमा नगरले १ हजार युवालाई शिप मुलक तालिम दिएर स्वरोजगार र उद्यमशील बनाउने गरी काम गरेको जनाएको छ । बिदेशबाट सीप सिकेरआएकालाई पुँजीको वातावरण र सीप र पूँजी दुवै लिएर आएकालाई लगानीको वातावरण बनायर नेतृत्व बिकाश देखि उद्यमशील बनाउने गरि नगरपालिकाले योजना बनाएर काम गरेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो।

महिलाहरुलाई क्षमता बिकास र आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम र पिछडिएको बर्ग मुसहर समुदायको सर्वाङ्गिण बिकासका लागि काम गरेको प्रमुख बस्नेतले बताउनु भयो ।

नगर प्रमुख बस्नेतका अनुसार कामलाई ब्यवस्थित गर्न गुनासो सुन्ने अधिकृतको ब्यावस्था गरिएको, गेटमै नागरिक बडापत्र राखिएको, सूचना केन्द्रको स्थापना गरिएको र सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले हरेक वर्ष आफ्नो सम्पति विवरण अनिवार्य सार्वजनिक गर्नुपने ब्यवस्था गरिएको छ।

असहाय, सुकुम्बासी भूमिहिनहरुलाई घरवास कार्यक्रम मार्फत आवास गृह निर्माण गरी वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको, पर्यटन क्षेत्रको विकासमा विश्वकै ठूलो शिव लिङ्ग स्थापना, त्रियुगा शान्तिधामको विकास गरिएको, विसनपुर हरित पार्क, बेलदोभान झर्ना आदि ठाउँको विकासका लागि काम गरिएको वस्नेतको भनाई छ।

नगरपालिकाले सार्वजनिक गरेको प्रगति बिवरणमा नगरपालिकाले ११.६ किलोमिटर सडकमा कालोपत्रे, ४० किलोमिटर ग्रावेल, १० वटा सडकमा १० किलोमिटर नयाँ ट्रयाक खोलिएको, २१ किलोमिटर नाली निर्माण गरिएको र साना ठूलागरी ७७ वटा सार्वजनिक भवन निर्माण तथा २३ वटा कल्भर्ट निर्माण गरिएको छ।

यस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर उपप्रमुख महेश्वरी राईले महिलाहरुको क्षमता बिकास र उद्यमशील बनाउने बिषयमा वडा तह देखिनै काम गरेको बताउनु भयो। महिलाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै नगरपालिकाले वडा कार्यालय र नगरपालिकामा सेनिटारीप्याड राखेको र नगरपालिकामा स्तनपान कक्ष निर्माण गरेको र अव हरेक वडामा स्तनपान कक्ष निर्माण गरि संचालनमा ल्याउने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।