अत्याधिक गर्मीका कारण त्रियुगाका बिद्यालय ३ दिन बिदा हुने

Logo
शनिबार, जेठ २०, २०८०

उदयपुर ।  त्रियुगा नगरपालिकाले नगरपालिका भित्र संचालनमा रहेका सम्पुर्ण शैक्षिक संस्थालाई ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । केही दिन देखि बढेको अत्याधिक गर्मिका कारण बिद्यालयको पठनपाठन गराउन कठिनाइ देखिनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको शुक्रवार बसेको बैठकले जेठ २१ गते देखि २३ गते सम्मलाई बर्खे बिदा बाट कट्ने गरि बिदा दिएको नगर शिक्षा शाखा प्रमुख शिव कुमारी राउतले जानकारी दिइन ।

नगरपालिकाले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर २०८० मा उल्लेख गरिएको बर्खे बिदा बाट कटिने गरि ३ दिन बिदा दिइएको नगर शिक्षा शाखा प्रमुख रौत द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ। गाईघाटमा बिगत ३/४ दिन देखि ४० देखि ४२ डिग्री सम्म तापक्रम पुगेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]