त्रियुगामा वृति परामर्श तथा रोजगार मेला सम्पन्न

Logo
शनिबार, जेठ २०, २०८०

उदयपुर।  उदयपुरको त्रियुगा नगरपालिकाको आयोजनामा एक दिने ‘वृति परामर्श तथा रोजगार मेला २०८०’ सम्पन्न भएको छ। गाईघाट स्थित त्रियुगा नमुना माविको प्राङगणमा एक दिने मेला सम्पन्न भएको हो  ।

मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका उद्योग,कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले अघिल्लो पुस्ताले राष्ट्रियता, भौगोलिक अखण्डताको सवालमा काम गर्नु भयो, अब देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन आफ्नो पुस्ताले काम गर्नु पर्ने बताउनु भयो।

मन्त्री सिटौलाले कृषिलाई आधुनिकीकरण र यन्त्रीकरण गर्दै कृषिमा आत्मनिर्भर बन्ने गरि काम गर्न सके रोजगारीको सिर्जना हुने र आम नागरिको वृति बिकास हुने उल्लेख गर्नु भयो।

नेपाली युवाहरु वैदेशिक रोजगारतिर ओइरिएर देशको थुप्रै उर्वराभूमि बाँझो बन्न थालिसकेकामा प्रदेश सरकारको ध्यान गएको उल्लेख गर्नुहुँदै मन्त्री सिटौलाले स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले युवाहरु बहिरिने क्रमलाई कम गर्न निजी क्षेत्रसँग लगानीको वातावरण सिर्जना गरी साझेदारीमा रोजगार प्रवद्र्धनमा जोड दिने पनि जानकारी गराउनु भयो।

रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो।

‘एकातिर रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पंक्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मूल उद्देश्य मेलाको हो, यो हाम्रो जिल्लामा पहिलोपटक भएको जस्तो लाग्छ,’ मेयर बस्नेतले भने, ‘इच्छुक तर हातमा सिप नभएका युवालाई पनि हामी उनीहरुको रुची अनुसारको सिपमूलक तालिमका लागि छनौट गरेर सिप मुलक तालिम गराउदै आएका छौ ।’

मेलाका लागि त्रियुगा उद्योग वाणिज्य संघ हेल्बेटास, इन्स्योर लगायतका संघसंस्थाले पनि सहयोग गरेका छन् । मेलामा दुई दर्जनभन्दा बढी कम्पनीले सहभागिता जनाएका छन ।  मेलामा आएका युवा युवतीले आफुले खोजेको जस्तो रोजगारी पाउने, कुन संस्थालाई कस्तो जनशक्ती आवश्यक रैछ आजको बजारले कस्तो रोजगार खोजेको छ भन्ने जानकारी लिन आएको बताए।

कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, कोशी प्रदेश माननीय गीता रेग्मी नगरउपप्रमुख महेश्वरी राइ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।