लोपोन्मुख अन्डी धान बचाउमा त्रियुगा ९ का कृषक

Logo
शुक्रबार, जेठ २६, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले एकल महिला तथा विपन्न कृषकलाई आय मूलक अन्डी धान  खेती कार्यक्रम अन्तरगत धानको बिउ र बिउ धान राख्ने टिन बक्स वितरण गरेको छ । विहिवार एक कार्यक्रम बिच नगर प्रमुख बसन्त बस्नेतले प्रत्यक कृषकहरुलाई ५ केजीका दरले धानको बिउ र टिन बक्स वितरण गरेका हुन ।

त्रियुगा नगरपाकिला वडा नं ९ स्थित डिपुटोलका १२ जना स्थानीय कृषकहरुलाई अन्डी धानको बिउ र बिउधान राख्ने टिन बक्स वितरण गरिएको हो । अन्डी धान लोप हुँदै गइरहेको अवस्थामा यसको संरक्षण गर्ने उद्देश्यले धानको बिउ वितरण गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

” देश भर प्राय पुराना रैथाने जातका धान लगाइन छाडिएका कारण अन्डी धान लोप हुँदै गएको छ” मेयर बस्नेतले भन्नुभयो, “अन्डी धान बाट बन्ने परिकार बनाएर यसलाई ब्राण्डीङ गर्न सके पर्यटन प्रबर्धनमा पनि टेवा पुग्छ र परम्परागत संस्कृतिको पनि जगेर्ना हुन्छ ।”

लरबरे अन्डी धान संरक्षण कृषक समूहले  अन्डी धान संरक्षणका लागि यो धान हुने क्षेत्रमा सामुहिक र एकल गरि विभिन्न समूह बनाएर खेती गराउन लागि परेको अध्यक्ष अर्चना दनुवारले बताइन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]