त्रिनपा १२ मा सफाई अभियान, हरेक महिना जनप्रतिनिधिको सहभागितामा सफाई अभियान सञ्चालन गरिने

Logo
शुक्रबार, आषाढ ०१, २०८०

गाईघाट । त्रियुगा नगरपालिका वडा नं १२ ले जनप्रतिनिधिको सहभागितामा वडा सफा गर्ने अभियान शुरु गरेको छ । बिहिवार एक कार्यक्रम गर्दै वडामा रहेका सम्पुर्ण टोल बिकास संस्था मार्फत महिनाको एक पटक जनप्रतिनिधिको सहभागितामा वडा सफाईको अभियान शुरु गरेको हो ।

“वडामा अरु ३ जना सदस्य र म सहित ४ जना जनप्रतिनिधि छौ सबै एकै ठाउँ भेला हुन पर्दैन” कार्यवाहक अध्यक्ष अनिता थापाले भनिन, “आफ्नो र नजिकको टोलमा गएर महिनाको एक पटक २/४ घण्टा सफाई गर्दा आफ्नो टोल सफा रहन्छ ।”

वडामा रहेका २२ वटा टोल बिकास संस्थामा ५ वटाका दरले फोहोर फाल्ने डस्टविन, १० वटा सफाई गर्ने झाडु,  १० जोर सफाइमा प्रयोग गरिने ग्ल्वस र ५ बक्स माक्स बितरण गरिएको वडा नं १२ कि सचिव निरु कार्कीले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।