प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पर्शुराम थापा

Logo
आइतबार, आषाढ ०३, २०८०

उदयपुर । नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसनले पर्शुराम थापालाई अध्यक्षमा चयन गरेको छ । शनिवार त्रियुगा नगरपालिका १५ स्थित डहर रमिते डाँडामा सम्पन्न अधिवेशनले अध्यक्ष थापा सहित १९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्व सम्मत चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा विश्वराज तामाङ, महिला उपाध्यक्ष यमुना आलेमगर, सचिवमा अस्मित पौडेल, सह–सचिव किरण प्रसाद ढुंगाना र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।

यस्तै खुल्ला सदस्यमा दिपक राउत, भरत बोहोरा, सुमन सागर खतिवडा र संजिव कुमार चौधरीलाई चयन गरिएको छ । आदिवासी जनजाती सदस्य अमित तामाङ, कुसुम लामा तामाङ, खुल्ला महिला सदस्य यसोधा पोखरेल, अनिता कार्की, मधेश सदस्य मिथुन ठाकुर, र अन्य सदस्यहरु बिज्ञान पराजुली, खेमराज दाहाल, सन्जिब कुमार चौधरी, पुस्प दनुवार र सन्तोस रौनियार रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा पूर्व भौतिक पूर्वधार मन्त्री हिमाल कार्की, पूर्व संघीय संसद प्रमिला राई, त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, वडा ११ का अध्यक्ष सुमन्त कोइराला, पत्रकार महासंघका अध्यक्ष भरत थापा, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष डिल्ली राम खतिवडा लगायत अन्य बिभिन्न संगठनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]