त्रियुगा ८ र ९ का कृषकलाई ट्याकर वितरण

Logo
मंगलबार, आषाढ १२, २०८०

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले कृषकलाई ट्याक्टर वितरण गरेको छ। चालु आर्थिक वर्षको बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर वितरण गरेको हो । खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा ट्याक्टर र सतप्रतिशत अनुदानमा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत वडा नं ८/९ का कृषकलाई नगरपालिकाको ५०% अनुदानमा ट्याक्टर र साना सिंचाई कार्यक्रम अन्तर्गत ३२ वटा पानी तान्ने मोटर सहित मोटर जोड्ने आवस्यक समान र पाइप  १००% अनुदानमा हस्तान्तरण गरिएको नगर कृषि शाखाले जनाएको छ।

कृषकको माग र आवश्यकताको आधारमा साढे १३ लाख बराबर पर्ने दुईटा ट्याक्टर र १० हजार पर्ने पानी तान्ने मोटर वितरण गरिएको हो । नगरपालिकाले कृषिमा आत्म निर्भर बन्ने उदेश्य सहित काम गरेकाले कृषकलाई कृषि आधुनिकिकरणका लागि कृषि यन्त्र वितरण गरिएको नगरपालिकाका प्रमुख बसन्त बस्नेतले बताए ।

कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि आंैजार वितरण गरिएको उपप्रमुख महेश्वरीलाई बताइन । कार्यक्रममा वडा नं ८ र ९ का वडा अध्यक्षहरु समेत उपस्थित थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]