त्रियुगा नगरपालिकामा अनलाइन भुक्तानी प्रणालीको शुभारम्भ

नगरपालिकाको आफ्नै छुट्टै करदाता पोर्टल
Logo
खेमराज दाहाल मंगलबार, आषाढ १२, २०८०

उदयपुर ।  त्रियुगा नगरपालिकाले नगरपालिकामा तिर्न पर्ने कर अव अनलाइन बाट तिर्न सकिने व्यवस्था गरेको छ। नगरपालिकाले छुट्टै आफ्नै करदाता पोर्टल बनाएर सेवाग्राही हरुको सुबिधाका लागि अनलाइनबाट कर तिर्न सकिने व्यबस्था मिलाएको हो। नगरपालिकामा एक कार्यक्रम गर्दै नगरप्रमुख बसन्त बस्नेतले पालिकाको कर अबदेखि अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गर्नुभएको हो ।

नगरप्रमुख बस्नेतले नगरपालिकाले प्रविधिलाई पछ्याउदैँ सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने उद्देश्यमा आफूहरु अगाडी बढिरहेको बताए । प्रविधिको बिकास संगै सुरु गरिएको व्यवस्थाबाट सबै नागरिकहरुलाई सुगम र सहज हुनेमा मेयर बस्नेतले बिश्वास ब्यक्त गरे। प्रविधिमैत्री सेवा प्रवाह र सुशासन सुनिश्चित गर्नको लागि यो महत्वपूर्ण उपलब्धी भएको भन्दै मेयर बस्नेतले नगदरहित राजस्व संकलन गर्न मिल्ने गरी सेवा शुरुवात गरिएको उल्लेख गरे ।

नगरपालिकाको सेवा प्रवाहमा सुचना प्रविधिको नवीनतम उपाय, उपकरण, विधि र माध्यमहरुको समुचित प्रयोग गरी छिटो छरितो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य अनुरुप सो प्रणालीको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देलले बताए।

नगरपालिकाको करदाताहरुले अब नगरपालिकाको करदाता पोर्टल खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने भएका छन् । हाल यस प्रणालीमा इ – सेवा, कनेट आइपिएस जस्ता प्रचलित माध्यमहरुको प्रयोग गरी कर भुक्तानी गर्न सकिने छ भने यसमा आवश्यकता अनुसारका अन्य विद्युतीय भुक्तानीका माध्यमहरु समेत जोडिदैँ लैजाने नगरपालिकाका सूचना प्रविधि अधिकृत रुपक तिम्सिनाले दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]