महादेव गुफालाई कृषि विकास बैंकको साढे दुई लाख सहयोग

Logo
बुधबार, आषाढ १३, २०८०

उदयपुर । कृषि विकास बैंकले महादेव गुफा समितिलाई सहयोग गरेको छ। बैंकको कटारी शाखाले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कटारी ३ मा रहेको महादेव गुफा मन्दिरमा स्नानगृह तथा शौचालय निर्माणका लागि २ लाख ५० हजार सहयोग प्रदान गरेकोे छ । मन्दिर परिसरमा आयोजीत एक कार्यक्रमकाबीच बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रत्न सुनुवारलाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उपमाहाप्रवन्धक सुवेदीले बैंकले सहरदेखि गाउँसम्म अत्याधुनिक बैकिङ सुविधा प्रदान गर्दै आएको बताए । उनले बैंकले अन्य स्थानीय स्तरमा समाजिक उतरदायित्वका कार्यक्रम गरी समाजसँग जोडिरहेको र भविष्यमा समेत यस्ता कार्यक्रमले निरन्तरता पाउने आश्वासन समेत दिए।

उक्त कार्यक्रममा बैंक उपमाहाप्रवन्धक प्रताप सुवेदी, कोशी प्रदेश कार्यालयका निर्देशक रन्जन खनाल, कोशी प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख केदार अधिकारी, शाखा कार्यालय कटारीका प्रवन्धक ज्ञानेन्द्र बहादुर दाहाल, बैंकका कर्मचारी, मन्दिर व्यवस्थापन समितिका पदाधीकारीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]