वडाध्यक्ष राउतद्वारा महिलामाथि हातपात

Logo
शनिबार, आषाढ २३, २०८०

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्यान्न स्थानीय एक महिलामाथि हातपात गरेका छन्। वर्षाको समयमा अवैद्य रुपमा ढुङ्गागिट्टी उत्खनन भईरहेको सुचना पाएपछि रोक्न पुगेकी सुनिता श्रेष्ठलाई राउतले हातपात गरेका हुन।

स्थानीय छिडि खोलामा वडाध्यक्ष समेत लागेर गिट्टी उत्खनन गरेको पाएपछि रोक्न जाँदा हातपात र दुब्र्यवहार गरेको श्रेष्ठले वताईन। ‘वर्षाको समयमा खोलानालामा उत्खनन गर्नु गैरकानुनी हो। त्यसमाथि सामुदायिक वन क्षेत्रभित्रबाट गिट्टी निकाल्न मिल्दैन भन्दा हातपात गरे’ उनले भनिन्।

उनका अनुसार ठेकेदारसँग मिलेर राउतले एस्काभेटरकै प्रयोग गरी टिपरमा गिट्टी निकासी गरिरहेका थिए।

वडाध्यक्ष रातउले भने आफुले महिलाई कुटपिट र दुव्र्यवहार नगरेको दावी गरे। वडामा सडक निर्माणको काम चलिरहेकाले गिट्टी निकाल्ने क्रममा सामान्य विवाद भएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।