भुल्केको सर्पदंश उपचार केन्द्रलाई त्रियुगा नगरपालिकाले दियो ५ लाखको स्वास्थ्य तथा सर्जीकल सामग्री

Logo
शनिबार, आषाढ २३, २०८०

उदयपुर । उदयपुरको भुल्के सर्पदंश उपचार केन्द्रलाई व्यवस्थित गर्न त्रियुगा नगरपालिकाले औषधी उपलब्ध गराएको छ ।  नेपाली सेनाको श्री १८ नम्बर बाहिनी अड्डामा सञ्चालित उपचार केन्द्रलाई गर्मीसँगै सर्पको प्रकोप बढेका बेला नगरपालिकाले औषधी तथा सर्जिकल सामान उपलब्ध गराएको हो ।

आज एक कार्यक्रम गर्दै नगर प्रमुख बसन्त बस्नेतले स्वास्थ्य सामाग्री उपचार केन्द्रलाई हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख बसन्त बस्नेतले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले असामान्य प्रगति गरेको बताए । नगर प्रमुख बस्नेतले रेफर सेन्टर जस्तै बनेको जिल्ला अस्पताललाई  आर्थिक देखि दक्ष जनशक्ति उपलब्ध गराएर बिशेषग्य सेवा प्रवाह गर्न सक्ने बनाएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवालले गर्मी र बर्खा संगै सर्पदंशका बिरामी पनि बढेको हुँदा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जानकारी दिए । ५ लाख बराबरको ५४ किसिमका औषधी तथा सर्जिकल सामान हस्तान्तरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।  उक्त उपचार केन्द्रमा कोशी प्रदेश सहित मधेश प्रदेशका सप्तरी,  शिराहा र बाग्मती प्रदेशका सिन्धुली जिल्लाका समेत सर्पदंशका बिरामी उपचाका लागि आउने गरेका छन ।

गत बैसाख यता १ सय १९ जना सर्पदंशका बिरामीको उपचार गरिएको उक्त उपचार केन्द्रका अध्यक्ष पवित्रा गिरीले जानकारी दिइन । बिगत ८ वर्षअघि नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा स्थापना गरेर सञ्चालनमा ल्याइएको उपचार केन्द्रले बर्षमा ४ सय ५० बढी सर्पदंशका विरामीहरुको उपचार गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।