उदयपुरका एक लागुऔषध कारोबारी पक्राउ

Logo
शनिबार, आषाढ २३, २०८०

उदयपुर । लागुऔषध घरमा लुकाई छिपाई राखेको अवस्थामा उदयपुरका एक युवक पक्राउ परेका छन्। उदयपुरका लागु औषधका प्रयोगकर्तालाई लक्षित गरी घरमा लुकाई छुपाई राखेको अवस्थामा त्रियुगा नगरपालिका वडा नं ३ मिलन चोक बस्ने ४२ बर्षिय किशोर चौधरीलाई पक्राउ गरिएको हो ।

चौधरीले आफ्नो घरमा लुकाई छिपाई ब्राउन सुगर बिक्री बितरण गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले निज किशोर चौधरीको घर खान तलासी गर्दा घरमा लुकाई छिपाई राखेको २ ग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

अवैध लागुऔषध कारोबार गर्ने चौधरीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिप्रका उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।