कटारी अस्पत्तालको न्युनतम् सेवा सुविधामा सुधार , मापदण्ड बमोजिम निरिक्षण गर्दा अस्पत्तालले पायो ८० नम्बर

Logo
शनिबार, आषाढ ३०, २०८०

कटारी । कटारी अस्पत्तालले न्युनतम् सेवा सुविधामा सुधार गरेको छ । नगर अस्पत्तालको सेवा मापदण्ड लेखाजोखा मूल्याकंन गर्दा कटारी अस्पत्तालले ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो ।

प्रदेश र केन्द्र सरकारको स्वास्थ्य क्षेत्रका जानकारहरुको मापदण्ड बमोजिम लेखा जोखा गर्दा ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो ।

लेखाजोखाको मापदण्ड बमोजिमको निरिक्षण गर्न केन्द्र सरकार मातहतबाट मदन भण्डारी ट्रमा सेण्टरका मेडिकल सुपरिटेण्डेट रवि साहको नेतृत्वमा प्रदेश अन्र्तगतका स्वास्थ्यकर्मीहरु अस्पत्ताल आईपुगेका थिए ।

मापदण्ड बमोजिम अनुगमन गर्दा कटारी अस्पत्तालले ८० नम्बर प्राप्त गरेको कटारी अस्पत्तालका व्यवस्थापन समिति सदस्य पवन श्रेष्ठले बताउनु भयो ।

शूक्रबार एक कार्यक्रमका वीच प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पत्तालका कार्यालय सहयोगी देखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सवैको मेहनतले यो सफलता हासिल भएको बताउनु भयो । अस्पत्ताललाई यहाँ सम्म ल्याउन सफल भएकोमा सवैलाई मेयर श्रेष्ठले धन्यवाद समेत दिनु भयो ।

त्यसैगरी कटारी नगरपालिकाले शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतमा राखेको बताउँदै मेयर श्रेष्ठले सवै शाखाको बजेट घटाएर वडा पठाउँदा पनि अस्पत्तालको बजेट बढाएको बताउनु भयो । कटारी अस्पत्तालले नै कटारी नगरपालिकाको गौरव बढाउने भएकाले यसको सुधारमा सवैजनाले ध्यान दिनुपर्ने बताउनु भयो ।

अस्पत्ताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष भूपेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि कटारी नगरपालिकाका उपमेयर गिता खड्का , प्रमुख प्रशासकीय अधिकृत अनिल किराती , ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी रविन कार्की , अस्पत्तालका मेडिकल सुपरीटेण्डेट डा.गौरव साह , वडाध्यक्षहरु ३ का पुष्कर खड्का , ७ का सुविन ढुंगानाका साथै अस्पत्तालका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।