गाईघाटमा ५० किलोमिटर दूरीको कोरा साईक्लिनिङ हुदै

Logo
शनिबार, आषाढ ३०, २०८०

उदयपुर : टर्कीका भूकम्प पीडित सहयोगार्थ ‘गाईघाट कोरा साइक्लिनिङ च्यालेन्ज २०२३’ हुने भएको छ।

त्रियुगा नगरपालिकाको सहयोग तथा उदयपुर साइक्लिनिङ संघको आयोजनामा असार ३० गते पाँचौ संस्करणको कोरा च्यालेन्ज गर्न लागिएको हो।

संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार यसपटकको कोरामा ५० दशमल ५० किलोमिटरको यात्रा तय गरिएको छ। सदरमुकाम गाईघाटबाट सुरु हुने कोरा त्रियुगा नगरपालिका मोतिगडा-वगाहा-देउरी-जलजले-चुहाडे-राजाबास हुँदै पुनः गाईघाटमै आइपुगेर टुंगिने गरी रुट मिलाइएको उनले बताए।

करिब ५ घण्टाको यात्रा हुने कोरामा त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका एक सय ५ जनाले सहभागिता जनाउने छन। उदयपुरमा साइक्लिनिङ गर्नेको संख्या बढ्दै गएको र साईक्लिनिङ गर्नेमा युवा र बालबालिकाको आकर्षण बढ्दै गएको अध्यक्ष रोइलाले जानकारी दिए ।

वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिनिङ गर्नुलाई कोरा साइक्लिनिङ भनिन्छ । यो कोरा च्यालेन्ज उदयपुरमा सन् २०१९ बाट सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।