त्रियुगा नगरपालिकाले २ करोड बराबरको फोहोर व्यवस्थापनका लागि गर्यो सवारी साधन खरिद

Logo
बिहिबार, साउन ०४, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले करिव २ करोड बराबरको फोहोर व्यवस्थापनका लागि सवारी साधन खरिद गरेको छ ।

विगत दुई तीन आर्थिक बर्ष देखि फिज हुँदै आएको पैसालाई सदुपयोग गर्दै नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा सवारी साधन खरिद गरेको हो ।

हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की रहेका थिए । अहिले नगरपालिकाले एक ब्याक्हो लोडर, एक टिफर, एक पानी ट्यान्कर, दुई वटा ट्याक्टर र दुई वटा साना अटो खरिद गरेको छ ।

थपिएका सवारी साधानलाई फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, विपद व्यवस्थापन, भौतिक निर्माण लगायतका क्षेत्रमा प्रयोग गरिने नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

“पहिले र अहिले भएका नगरका साधन प्रयोग गरि अब हामी नगरमा नयाँ सडक ट्र्याक खोल्न र सडक ग्राभेल गर्न आफै सक्ने भएका छौ।” नगर प्रमुख बस्नेतले भने, ” बढ्दो शहरीकरणले फोहोर व्यवस्थापनका लागि पनि साधनको अभाव थियो अव समयमा फोहोर उठ्ने छ र साना गल्लीमा ट्याक्टर नछिर्ने सडकमा समेत अटोले फोहोर उठाउने छ ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।