गैर आवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अध्यक्षमा सन्जिब राइको दावी

Logo
गंगा राई शनिबार, साउन ०६, २०८०

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९-३० तारिखमा हुन गइरहेको NRNA को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गरिएको छ।

एनआरएनए संस्थाको सबैभन्दा शक्तिशाली पद भनेको अध्यक्षनै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ।

सबै ४० मुनिका युवा छौं ,त्यस्मा पनि कुनै न कुनै विषयमा विग्यता हाशिल गरेर समाज विकास र परिवर्तन को निम्ति धेरै काम गरिसकेका अनुभवि युवाहरुको टिम छ हाम्रो , त्यसैले त नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं भन्दै राईले युवा हरुको जम्बो टोलिनै खडा गरेर चुनावमा बेजोड तरिकामा होमिएका छन।

सुनेकाले भन्दा भोगेकाले मजदुर बिध्यार्थिहरुको बास्तबिक पिडा र भोगाई महसुस गर्न सक्छन् ,त्यसकारण पनि आफु मजदुर भएकैले यसपाली एनआरएनए दक्षिण कोरियाको अध्यक्ष‌ पदमा होमिएको बताउँछन् राइ। मजदुर विध्यार्थिहरु सधैं प्रयोग मात्र भइरह्यो अरु हरु को लागी भर्याङ मात्र भइरह्यौ त्यसैले हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने सधैं भर्याङ मात्र भैेरहनेकि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो त्यसैले बोलिमा होईन व्यबहारमा मजदुर मैत्री बनाउने बताउँछन् सन्जिब कुमार राइ।

हाल वर्तमान कार्यसमितिको निर्विरोध निर्वाचित वरिष्ठ उपाध्यक्ष समेत रहेका सन्जिब राई (२०१९-२०२१)मा सर्बाधिक मतसहित उपाध्यक्षमा विजयि भएका थिए। स्पष्ट निडर बक्ता सन्जिब राईले साईन्स एण्ड टेक्नोलोजिमा मास्टर समेत गरेका छन।निति निर्माण र कार्यन्वयनलाई प्राथमिकता राख्ने सन्जिब राईकै पहलमा दुतावासको घुम्ति सेवा लगाएत अन्य बिभिन्न कार्यक्रम हरु सन्चालनमा आईरहेको बताउँछन्।सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका राइ अनेक समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ जुन ठाउँमा गयो त्यही सहजै घुलमिल हुनसक्ने खुबी भएका कारण अहिलेपनि कोरियमा जहां समस्या त्यहा सन्जिब राइ भनेजस्तै भएको छ राइ।

निति निर्माण र कार्यन्वयन मा बालेन शाह र आफ्नो निर्णयमा अडिग रहने हर्क साम्पाङको उदाहरण दिदै कोरियामा कार्यरत आशिष शाहले अन्य उम्मेदवार जस्तो कुनै न कुनै समय आर्थिक नैतिक र सामाजिक विवादमा न परेका पारदर्शि एवम सामाजिक व्यक्ति सन्जिब राई को बिकल्प नभएको बताउदै जित शुनिस्चित रहेको बताउछन।

यस पटक NRNA कोरियालाई दक्षिण कोरिया मा रहने सबैको साझा,सबैको अपनत्व र पारदर्शि बनाउनको लागि ३/३ पटक टेष्ट फेल भैसकेका अध्यक्ष उम्मेदवार हरुको बिच आशाको धरोहर अरु उम्मेदवारको नराम्रो पक्षको पर्दाफास भन्दा पनि आफ्नो भिजन लाई प्राथमिकता राख्ने सन्जिब राईनै साझा उम्मेदवार हुन भन्दै युवराज गौतमले सबैलाई मतदान गरि विजयी बनाईदिनुहुन अनुरोध समेत गरेका छन। यो पटक धेरै पुर्व अध्यक्ष एबम NRNA अभियन्ता हरुको साथ पाएका सन्जिब कुमार राई सङगै बिपिन कुमार गुरुङ्ग र बुद्दि गुरुङ्ग ले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।