रोजगारी सिर्जना गर्नका लागि ६० जनालाई निशुल्क सिप मुलक तालिम दिइदै

Logo
शनिबार, साउन १३, २०८०

उदयपुर । नेपाली श्रम बजारमा आवश्यक मागअनुसारको जनशक्ति आपूर्ति गर्ने र बेरोजगारी समस्या समाधान गर्ने उदेश्य सहित ६० जना युवायुवतीलाई त्रियुगा नगरपालिकाले सीप मुलक तालिम दिने भएको छ ।

दिगो तथा सम्मानित रोजगारिका लागि सीप (इन्स्योर) परियोजना र विभिन्न तालिम प्रदायक संस्थाहरु सँगको सहकार्यमा ३ वटा बिषयबस्तुमा ६० जनालाई तालिम दिइने भएको हो।

अभ्यास सहितको तालिम कार्यक्रममा प्रोफेशनल कुक, प्रोफेशनल विल्डिङ इलेक्ट्रिसियन, प्रोफेशनल लाइट भेइकल मेकानिक्स तालिम गरि ६० जना युवायुवतीलाई तालिम दिइने भएको छ ।

तालिममा सहभागी हुनेहरुलाई निशुल्क तालिम सहित तालिम अवधी भर खाजाको समेत व्यवस्था रहेको त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।