कटारीमा छिनछिनमा विद्युत अवरुद्ध हुँदा सेवाग्राही हैरान, समस्या समाधान गरिदिन भन्दै मेयर श्रेष्ठ पुगे कुलमानलाई भेट्न

Logo
बुधबार, साउन १७, २०८०

कटारीमा विद्युत छिनमा आउने र छिनमै जाने समस्याले कटारीका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले नगरका सेवाग्राही मारमा परेपछि कटारीका मेयर राजेशचन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई भेटेका छन्।

झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो आएपछि मेयर श्रेष्ठले समस्या समाधान गरिदिन प्राधिकरणका प्रमुख कुलमान घिसिङ समक्ष अनुरोध गर्नु भएको छ। दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा स्थानियले चासो दिए पछि मेयर श्रेष्ठले प्राधिकरण प्रमुखलाई भेटेका छन् ।

बुधवार प्राधिकरण प्रमुख लाई भेट गरी मेयर श्रेष्ठ सहित कटारी ७ वडा अध्यक्ष सुबिन ढुंगानाले विद्युत नियमित गराउन, कटारीमा १३२ केभिको सब- स्टेशन राखिदिन र कटारी उप शाखालाई वितरण केन्द्र बनाउन ध्यानाकर्षण गराएका छन् । टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुँदा स्थानिय जनताले सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधान गरिदिन समेत अनुरोध गरेका थिए ।

प्राधिकरण प्रमुख घिसिङले तत्काल फिडर थप गरी समस्या समाधान गरिदिने प्रतिबद्धता व्यक्त गरेको मेयर श्रेष्ठले बताउनु भयो।
हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने, मेन लाईनमा समस्या हुँदा पटकपटक लाइन काट्नु परेको , विद्युत विस्तार भए पनि फिडर थप नहुँदा समस्या भएको विद्युत प्राधिकरण कटारी उप शाखा प्रमुख सन्तोष कार्कीले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry