उदयपुरको मौवासीमा पहिरो मदनभण्डारी लोकमार्ग अवरुद्ध

Logo
आइतबार, साउन २८, २०८०

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित मौवासी खोला पुल नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आइतबार (आज) विहान अन्दाजी साढे ३ बजे देखी गएको पहिरोका कारण लोकमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहानै देखी गएको पहिरो खुलाउने कोशिस गरिएको भएपनि लगातारको बर्षाका कारण पहिरो खुलाउन सकिएको छैन । पहिरोले झन्डै ५० मिटर भन्दा धेरै बाटो अवरुद्ध गरेका कारण र लगातार पहिरो गई रहेका कारण अवरुद्ध सडक खुलाउन नसकी रहेको प्रहरीले जनाएको छ ।

हाल पश्चिम बाट पुर्व तर्फ हिडेका लामोदुरीका सवारी साधनलाइ कटारीबाटै अर्को बाटो पठाइएको छ भने पुर्वबाट पश्चिम हिडेका सवारीलाई गाईघाट बाटै अर्को बाटो पठाईदै आइएको जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जनाएको छ ।

सडक विभागको जेजिवी पहिरो गएको स्थानमै रहेका कारण बर्षा रोकिनासाथ पहिरो खुलाउने काम सुरु गरिने समेत जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जानकरी दिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]