उदयपुर । चार्जमा लगाएको मोबाइल बाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक हरि नन्दन चौधरीका अनुसार उदयपुरगढी गाउपालिका ७ चम्पेडाँडाका ६८ बर्षिय ओमान सिंह भुजेलको मृत्यु भएको हो ।
मृतक भुजेलको सव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रनाउ चौधरीले जानकारी दिए । भुजेल सत्यवती आधारभुत बिद्यालय घ्याम्पेका कार्यलय सहयोगी रहेको प्रअ गोपी मिजारले बताए ।