अन्तर्राष्ट्रिय अवार्ड बिजेता दिलिप लाई त्रियुगा नगरपालिकाद्वारा नगद सहित सम्मान

Logo
बिहिबार, भाद्र ०७, २०८०

गाईघाट । ‘नरेश सूर्या क्लासिक क्लासिक नेपाल २०२३’ क्लासिक फिजिक्स गोल्ड मेडेलिस्ट दिलिप चौधरीलाई त्रियुगा नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले बुधबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गर्दै नगद सहित सम्मान गरेका हुन ।

त्रियुगा नगरपालिका १२ का खेलाडी चौधरीले अन्तराष्ट्रिय नरेश सूर्या क्लासिक बडी बिल्डिंग प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।

‘नरेश सूर्या क्लासिक क्लासिक नेपाल २०२३’  मा प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा खेलाडी चौधरीलाई बधाई दिदै नगद एक्काईस हजार र प्रमाणपत्र सहित सम्मान गरिएको नगरप्रमुख बस्नेतले जानकारी दिए ।

नगरप्रमुख बस्नेतले चौधरीलाई सम्मान गर्दै अन्तराष्ट्रिय पदक जितेर त्रियुगा नगरपालिकाको अन्तर्राष्ट्रिय जगतमा नाम उच्च राख्न सफल भएकोले सम्मान गरिएको बताए ।

सम्माम कार्यक्रममा त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष तथा पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

सम्मानित चौधरीले यस अघि मिस्टर कन्चनजंगा दोस्रो संस्करणको समेत विजेता बनि सकेका छन । सम्मान कार्यक्रम त्रियुगा नगर खेलकुद बिकास समितिले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।