कक्षा १ देखि ५ सम्मका लागि ‘त्रियुगा ज्ञानमाला’ नामक स्थानिय पाठ्यपुस्तक तयार पारि वितरण शुरु

Logo
शनिबार, भाद्र ०९, २०८०

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ। विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि ‘त्रियुगा ज्ञानमाला’ नामको पुस्तक विद्यालयमा वितरण सुरू गरिएको हो।

एकसय पूर्णाङ्कको पुस्तकमा नगरभित्रका १६ वटै वडालाई समेटेर ऐतिहासिक,धार्मिक,सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविधि विषयहरूलाई पुस्तकमा समावेश गरिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए।

‘विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार पारिएको छ, पुस्तकले विद्यार्थीलाई आर्कषित गर्ने छ’ नगर प्रमुख बस्नेतले भने। उनले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने तथा अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिएको बताए ।

आफू बस्दै आएको ठाउँका धेरै कुरा नजिकबाट बुझ्ने अवसरका लागि नै स्थानीय पाठ्य पुस्तक लागू गरिएकाले आधारभुत तहसम्मका विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी आवश्यकरहेकाले पुस्तक निर्माणगरि वितरण गरिएको नगर उपप्रमुख महेश्वरी राइले जानकारी दिइन ।

नगरपालिकाका प्रमुख बस्नेत, उपप्रमुख महेश्वरी राई, शिक्षा शाखा प्रमुख शिव कुमारी राउत, नगर शिक्षा समितिका सदस्य तथा वडा नं ३ अध्यक्ष तिलक कटुवाल, वडा नं ४ का वडा अध्यक्ष बद्रि बस्नेत लगायतको उपस्थितिमा त्रियुगा नगरपालिका ४ बगाहामा रहेको शिवशाक्ती आधारभूत बिद्यालयबाट पुस्तक वितरण शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]