किन लेखे बालेन शाहले आक्रामक स्टाटस ? यस्तो छ कारण

Logo
आइतबार, भाद्र १७, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आज फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनेको यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित रहेको खुलेको छ ।

स्रोतका अनुसार आज बेलुकी भक्तपुरतिरबाट आएको गाडीलाई काेटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे ।

ट्राफिक प्रहरीले सरकारी नम्बरको गाडी शनिवार चलाउन प्रशासनको पत्र चाहिने जानकारी दिए । त्यसपछि ड्राइभरले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताए ।

करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । स्रोतका अनुसार गाडीको पछाडि सिटमा मेयर पत्नी सवार थिइन् ।

ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी राकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ । गाडी यसरी रोकेर छाडेको केही बेरपछि नै बालेनकाे स्ट्याटस आएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]