प्रभावकारी सेवा प्रवाहका लागि त्रियुगाका जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

Logo
मंगलबार, भाद्र १९, २०८०

उदयपुर। त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन र ब्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबार देखी शुरु गरेको हो ।

जनप्रतिनिधिहरु र कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको नगरपालिकाका मेयर वसन्त बस्नेतले जानकारी दिनुभयो । जनप्रतिनिधिहरुलाई आफ्नो अधिकार र कर्तव्य अन्तर्गत कानुनी व्यवस्थाका बारेमा जानकारी गराउँदा कार्य सम्पादनमा भिन्नता ल्याउने, सभा सञ्चालनमा स्पष्टता हुने , नागरिकहरुलाई प्रभावकारी र छिटोछरितो कसरी सेवा प्रवाह गर्ने र सामुहिक जवाफदेहि बनाउने उदेश्यले प्रशिक्षण कार्यक्रम राखिएको मेयर बस्नेतले बताउनु भयो।

योजना तर्जुमा, बजेट प्राथमिकीकरण तथा कार्यान्वयन सीप, स्थानीय सरकारको अधिकार र कानून निर्माण प्रक्रिया तथा अभ्यास र व्यक्तित्व विकास, आत्म विकास, नेतृत्व सीप, नैतिकता र सदाचारका विषयमा संविधान विद काशी राज दाहाल र स्थानीय शासन विज्ञ तथा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण दिनु भएको हो । प्रशिक्षकहरूले संघीय लोकतान्त्रिक संविधान र स्थानीय सरकार तहगत सरकारको समन्वय तथा अन्तर सम्बन्ध, लोकतन्त्र र संघियताको विश्व अभ्यास र नेपालका विषयमा पनि प्रशिक्षण दिनु भएको छ।

जनप्रतिनिधिहरुले नीतिनियम, कानुन निर्माण गर्ने र कर्मचारीहरुले त्यसको कार्यन्वयन गर्ने भएकाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन पर्ने संविधान विद दाहालले बताउनु भयो । स्थानीय सरकारका पदाधिकारीको काम, कर्तव्य र अधिकार, न्यायिक समितिको न्याय सम्पादन र असल अभ्यासको अनुभव आदनप्रदान लगायतका बिषयमा स्थानीय शासन विज्ञ र पूर्व प्रमुख सूचना आयुक्त बास्कोटाले प्रशिक्षण दिनु भएको छ। 

प्रशिक्षण कार्यक्रममा शुभकामना मन्तब्य उपमेयर महेश्वरी राइले राख्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल, नगरपालिकाका १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सम्पूर्ण शाखा प्रमुखहरु, वडा सचिव, कर्मचारी लगायतको सहभागिता छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।