उदयपुर । त्रियुगा नगरपालिका वडा नं १ जोगीदहले मालपोत कर वडा बाटै लिन शुरु गरेको छ । सोमबार एक कार्यक्रम गर्दै वडा कार्यलयले वडाबासीको सुविधाका लागि वडा बाटै मालपोत कर लिन सुरु गरेको हो ।
नगरपालिकाबाट लिइदै आएको मालपोत कर वडा बाटै लिने निर्णय गरे पछि वडा बाट पहिलो दिन सरस्वती खड्का, सुकदेव चौधरी, रुद्र बहादुर बुढाथोकी र अर्को एक गरि ४ जनाको मालपोत कर काटेर सुरु गरिएको हो ।
त्रियुगा नगरपालिकाले नगरपालिकाको सम्पुर्ण कर र भुक्तानी अहिले वडा र अनलाइन बाट तिर्न सकिने व्यवस्था गरेको छ । नगरपालिकाले जनताको सेवा सुविधालाई मध्यनजर गर्दै जनतालाई आवश्यक पर्ने अन्य सेवा सुबिधा पनि वडामा थप गर्दै लैजाने बताएको छ ।
यस अघि नै नगरपालिकाले प्राविधिक पठाएर वडाका योजना वडा बाटै स्टिमेट र पास गराउने व्यवस्था गरि सकेको छ ।