५९ औ वालदिवसमा त्रियुगाले गर्यो मौलिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक नृत्य

Logo
शनिबार, भाद्र ३०, २०८०

उदयपुर । दोस्रो त्रियुगा अन्तर माध्यमिक बिद्यालय ‘मेयर रनिङ शिल्ड प्रतियोगिता’ को सांस्कृतिक नृत्य तर्फ लालिगुरास बोर्डिङ स्कुल प्रथम भएको छ । मौलिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा देश भक्ति पूर्ण गीतमा सहभागीहरुले नृत्य प्रदशन गरेका थिए । ४७ वटा बिद्यालय सहभागी भएको प्रतियोगितामा साकेला, धाननाच, सेलो, मारुनी, धिमे लगायत मौलिक सांस्कृतिक नृत्यसँगै एक दर्जन नेपाली मौलिक वेशभूषा, गरगहना पहिरिएर सहभागीहरुले आफ्नो नृत्य देखाएका थिए।

प्रथम हुने लालिगुरास बोर्डिङ स्कुलले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्रका प्राप्त गरेको छ । यस्तै दोस्रो प्याराडाइज इङलिस बोर्डिङ स्कुल र तेस्रो क्यानभास इङ्लिस बोर्डिङ स्कुलले क्रमश ८ र ७ हजार हजार सहित ट्रफी हात पारेका छन । पहिलो हुने लालिगुरास बोर्डिङ स्कुलले साकेला नृत्य देखाएको थियो । दोस्रो हुने प्यारडाइजले मौलिक वेशभूषा प्रयोग गरि देश भक्तिपूर्ण गीतमा स्थानीय कला संस्कृति प्रदर्शन गरेको थियो।

५९ औँ वाल दिवसको अवसर पारेर गरिएको कार्यक्रममा नगरपालिकाले सांस्कृतिक नृत्य संगै “पुस्तक कि मोबाइल उपयोगि” बिषयक बक्तृत्वकला प्रतियोगिता समेत राखेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले बिद्यार्थीहरुलाई कितावी ज्ञानले मात्र प्रयाप्त नहुने हुँदा यस्ता अतिरिक्त कार्यक्रमहरु आयोजन गरि उनीहरुको पठनपाठनमा सर्वाङ्गिण बिकास हुने बिश्वास ब्याक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।