कैदी बन्दीहरुको व्यवहारमा सकारात्मक परिवर्तन होस् भन्ने उद्देश्यले त्रियुगा नगरपालिकाले कारागारलाई दियो खेलकुद तथा मनोरन्जनका समान

Logo
बुधबार, आश्विन ०३, २०८०

उदयपुर । संबिधान दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले व्हील चेयर, खेलकुद र मनोरन्जनात्मक समान वितरण गरेको छ । जिल्ला अस्पताल उदयपुरमा आउने अशक्त बिरामीहरुलाई प्रयोग गर्ने व्हील चेयर र जिल्ला कारागार शाखा उदयपुरलाई विभिन्न खेलकुद र मनोरन्जनका समान आज वितरण गरेको हो ।

कारागारमा परेको कैदी बन्दीलाई कैदीको जस्तो ब्यवहार नगरि उनीहरुलाई सुधार गृहमा राखिएको जस्तो अनुभव गराउन नगरपालिकाले सहयोग गरेको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । सबै नागरिकले समान रुपमा बाच्न पाउँने अधिकार भएकाले कैदी तथा बन्दी जिवन बिताई रहेकोहरुले पनि उच्च स्तरको जिवनयावन गरुन भनि खेलकुद तथा मनोरन्जनका समान दिएको नगर प्रमुख बस्नेतले बताउनु भयो।

नगरपालिकाले कारागारलाई मादल, बाँसुरी, गितार, क्यारमबोर्ड, चेस, स्यानीटरी प्याड, ब्याडमिन्टन (नेट, र्याकेट र वल), प्रेसर कुकर, कुर्सी, डस्वीन, त्रिपाल, स्किपिङ र जिल्ला अस्पताललाई ४ वटा व्हील चियर वितरण गरेको हो । हिरासत कक्षमा रहेका कैदी बन्दीहरुको व्यवहारमा सकारात्मक परिवर्तन होस् भन्ने उद्देश्यले खेलकुद तथा मनोरन्जनका समान सहयोग गरेको नगरपालिकाका उप प्रमुख महेश्वरी राईले बताउनु भयो ।

पुरानो र जिर्ण अवस्थामा पुगेको जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिएको छ । ५० देखि ७० जना कैदी बन्दी क्षमताको भवनमा ५० गुणा बढी कैदी बन्दी राख्नु परेको निमित्त (जेलर)डिगम बहादुर कार्की भनाई रहेको छ । संबिधान दिवसको अवसर पारेर १० जना कैदी बन्दीलाई बाँकी कैद मिनाहा गरि छाडिएको छ भने हाल जिल्ला कारागारमा २ सय ६० जना कैदी बन्दी रहेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]