पर्यटन प्रबर्द्धनमा प्याराग्लाडिङ, त्रियुगा सहित बेलकामा फ्लाई कक्षा संचालन हुने

Logo
खेमराज दाहाल शुक्रबार, आश्विन ०५, २०८०

उदयपुरमा प्याराग्लाइडिङ फ्लाई कक्षा संचालनमा आउने भएको छ । फ्लाईङ वन्डर्स प्याराग्लाईडिङ प्रा.लीले उदयपुरको बेलका, त्रियुगा र चौदण्डीमा फ्लाई प्याराग्लाईडिङ कक्षा संचलान ल्याउन लागेको हो ।

२०२२ मा कक्षा संचलान गरि ३ दर्जन बढी फ्लाई पाइलट उत्पादन गरि सकेको प्रालीले २०२३ का लागि पनि सिक्नको लागि भर्ना आह्वान गरेको छ । कार्तिक १० गते देखि २५ गते सम्मका लागि १५ दिने बेसिक कोर्सको कक्षा बेलकामा संचालन हुनेछ । फ्लाईङ वन्डर्स प्याराग्लाईडिङ प्रा.लीले बेसिक कोर्स पश्चात एडभान्स कोर्स स्वरुप त्रियुगा, चौदण्डी र बेलकामा पुन: कक्षा संचालन गर्ने प्याराग्लाईडिङका जानकार जितु रोइलाले जानकारी दिए ।

प्लाराग्लाडिङ उड्ने र हेर्ने दुवैका लागि मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत जोड दिने भएकाले यसलाई व्यावसायिक रूपले अघि बढाउन शुरु गरिएको त्रियुगा नगरपालिकाका पर्यटन  सल्लाहकार समेत रहेका रोइलाले बताए।

साहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने प्याराग्लाईडिङका लागि उदयपुरमा राम्रो सम्भावना देखिएको छ । पर्यटन प्रबर्द्धनलाई प्राथमिकतामा राखेर उत्पादन र रोजगारी सृजना गर्ने उदेश्यले साहासिक खेल प्याराग्लाईडिङमा नगरपालिकाले चासो दिएर लगानी गर्ने त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले बताए ।

नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवद्र्धनका लागि सदरमुकामबाट पाँच किलोमिटर दूरीमा प्याराग्लाइडिङको सफल परीक्षण गरिसकिएको छ । गाईघाटबाट नजिकको दूरीमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरी फर्किने पर्यटकलाई त्रियुगानगरसहित सप्तरी, सिराहासम्मका भूभाग देखिने गरी नवउदय सामुदायिक वनमा प्याराग्लाइडिङका लागि स्टेसन बनाएर उडान गरिने मेयर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]