उदयपुरको गाईघाटमा अनाथको लागि ‘साझा सेवा घर’ संचालनमा

Logo
सोमबार, आश्विन ०८, २०८०

उदयपुर । उदयपुर जिल्लालाई सडक मानव रहित बनाउने उदेश्य सहित मानव कल्याण स्वरुप ( साझा सेवा घर) सञ्चालनमा ल्याइएको छ । अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं वेवारिसे  मानवहरुलाई उद्धार गरी मानवीय सेवा गर्ने उद्देश्यले साझा सेवा घर संचालनमा ल्याइएको हो ।

विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं बेवारिसे व्यक्तिहरुको उद्धार गरी संरक्षण गर्ने उद्देश्यले उदयपुरको गाईघाटमा साझा सेवाघर सञ्चालन गरिएको साझा सेवा घरका सचिव जोया चौधरीले जानकारी दिनुभयो ।

त्रियुगा नगरपालिका ११ स्थित गाईघाटमा आज एक कार्यक्रम गर्दै संचालनमा ल्याइएको साझा सेवा घरमा कष्टकर जीवन बिताउन बाध्य भएका ३ बालबालिकालाई संरक्षण दिइएको छ । सडकमा जीवन बिताउन वाध्य अशक्त र  असहायहरुलाई उद्धार गरी केही पछि घरपरिवारमा पुनःस्थापना समेत गर्न सकिने सचिव चौधरीले बताइन  । उद्धार गरिएका व्यक्तिहरुलाई सेवाघरमा गास, बास, कपाससँगै शिक्षा र स्वास्थ्य औषधोपचारको व्यवस्था गरिएको छ ।

संस्थाको आफ्नै भवन नहुँदा सेवा घरमा आश्रय लिइरहेका व्यक्तिहरुलाई  व्याबस्थीत बनाउन अप्ठ्यारो रहेको तर निकट भविष्यमा आफ्नै भवन बनाएर सेवा दिने साझा सेवा घर संचालक अध्यक्ष गीता खड्काले जानकारी दिइन । अध्यक्ष खड्काका अनुसार त्रियुगा नगरपालिका सेवा घरका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ।

आज सेवा घर संचालन कार्यक्रमको उद्घाटन कार्यक्रममा त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले मानवीय सेवाको कार्यमा सवैले सहयोग गरिदिन आग्रह गर्नु भएको छ । नगर प्रमुख बस्नेतले सेवा घरमा आश्रय लिन आउने सबैकालागि स्वास्थ्य र शिक्षाको निशुल्क व्यावस्था गरि दिने बाताउनु भयो । यसैगरी  उमेर अनुसार घरपरिवार विहीनहरुलाई सीपमुलक तालिम दिई आत्मनिर्भर बनाइने नगर प्रमुख बस्नेतले बताउनु भयो ।

सेवाघर सञ्चालनका लागि  संस्थाको आप्mनो स्रोत नहुदा सम्पूर्ण खाने बस्ने सुबिधा “द व्याक टु लाइफ ई.भी.”ले र स्वास्थ्य र शिक्षा त्रियुगा नगरपालिकाले सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।