सडक मानवहरुको उद्धार गर्ने संस्थालाई समाजसेवी सुमन चौधरीको ५० हजार सहयोग

Logo
मंगलबार, आश्विन ०९, २०८०

उदयपुर । उदयपुरको गाइघाटमा संचालनमा ल्याइएको ‘साझा सेवा घर’ नामक मानविय सेवा गर्ने संस्थामा आजीवन सदस्य बन्ने हरु बढ्न थालेका छन । हिजो देखी औपचारिक रुपमा संचालनमा ल्याइएको साझा सेवा घरमा युवा व्यबसायी तथा नेपाली कांग्रेसका युवा नेता सुमन चौधरीले ५० हजार व्यक्तिगत सहयोग गरि आजिवान सदस्यता लिएका हुन।

संस्थाको उदेश्य देखेर आफु प्रभावित भएको र सानो सहयोग गरि आजीवन सदस्यता लिएको समाजसेवी सुमन चौधरीले बताए । नेपालको संविधानले नै सबैले समान बाच्न पाउने अधिकारको सुनिश्चित गरेका कारण यस्ता मानवीय संस्थाहरु खुल्न पर्ने र सम्पूर्ण हामी जस्ता युवाहरु यस्ता संस्थामा जोडिएर सेवामा लाग्नु पर्ने समाजसेवी चौधरीको भनाई थियो ।

अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं वेवारिसे  मानवहरुलाई उद्धार गरी मानवीय सेवा गर्ने उद्देश्यले साझा सेवा घर संचालनमा ल्याइएको हो । विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं बेवारिसे व्यक्तिहरुको उद्धार गरी संरक्षण गर्ने उद्देश्यले उदयपुरको गाईघाटमा साझा सेवाघर सञ्चालन गरिएको साझा सेवा घरका सचिव जोया चौधरीले जानकारी दिनुभयो ।

त्रियुगा नगरपालिका ११ स्थित गाईघाटमा आज एक कार्यक्रम गर्दै संचालनमा ल्याइएको साझा सेवा घरमा कष्टकर जीवन बिताउन बाध्य भएका ३ बालबालिकालाई संरक्षण दिइएको छ । सडकमा जीवन बिताउन वाध्य अशक्त र  असहायहरुलाई उद्धार गरी केही पछि घरपरिवारमा पुनःस्थापना समेत गर्न सकिने सचिव चौधरीले बताइन  । उद्धार गरिएका व्यक्तिहरुलाई सेवाघरमा गास, बास, कपाससँगै शिक्षा र स्वास्थ्य औषधोपचारको व्यवस्था गरिएको छ ।

साझा सेवा घरमा आश्रय लिन आउने सबैका लागि स्वास्थ्य र शिक्षाको निशुल्क व्यावस्था गरि दिने त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भएको छ । यसैगरी उहाँले उमेर अनुसार घरपरिवार विहीनहरुलाई सीपमुलक तालिम दिई आत्मनिर्भर बनाइनेबताउनु भएको छ  । सेवाघर सञ्चालनका लागि  संस्थाको आप्mनो स्रोत नहुदा सम्पूर्ण खाने बस्ने सुबिधा “द व्याक टु लाइफ ई.भी.”ले र स्वास्थ्य र शिक्षा त्रियुगा नगरपालिकाले सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]