पूर्वमेयर बलदेव चौधरीसहित ४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

Logo
खेमराज दाहाल बुधबार, आश्विन १०, २०८०

उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, नगरपालिकाका तत्कालीन राजश्‍व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछारविरूद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चौधरीले आर्थिक वर्ष २०७८÷०७९ मा त्रियुगा नगरपालिका भित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको, त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार सो आर्थिक वर्षका लागि नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण गरेकोमा उनकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनका लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी ६२ लाख ९१ हजार २०४ रुपैयाँ २२ पैसा राजस्व चुहावट गरेको अख्तियारको दाबी छ ।

यस्तै, ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याएको कारण १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा राजस्व चुहावट भएको अख्तियारको जिकिर छ । सोही अनुसार अख्तियारले राजस्व चुहावट भएको कुल रकम ८१ लाख ३५ हजार ३८२ सय १६ पैसालाई बिगो कायम गरी दोब्बर जरिवानाको मागदाबी गरेको हो ।

नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत कार्कीले उक्त प्रतिवेदन अनदेखा गरी बरूवा, त्रियुवा खोला र सुनकोशी नदीबाट नदीजन्‍य पदार्थको उत्खनन् र विक्री कार्यको लागि ठेक्का कायम गर्न स्वीकृत गर्ने काममा सहभागी भई ६२ लाख ९१ हजार २०४  रकम र गैर कानुनी ढंगले उत्खनन् र विक्री गर्न दिएको राजश्व रकम १८ लाख  ४४ हजार १७७  गरी ८१ लाख ३५ हजार ३८२ रकम चुहावट गरेको पाइएको भन्दै भ्रष्टाचार ऐनको दफा ७ बमोजिम राजस्व रकमको दोब्बर १ कोरोड ६२ लाख ७० हजार ७६४ जरिवाना अख्तियारले माग दाबी गरेको छ ।

नगरपालिकाका तत्कालीन राजश्वका शाखा प्रमुख गुरूप्रसाद ढकालले नदीजन्‍य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्‍यूनतम रकम कायम गर्न मिलेमतो गरेका कारण राजक्कव चुहावट भएको भन्‍दै उनीविरुद्ध पनि अख्तियारले राजश्व चुहावटको दोबर रकम १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना माग दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।