निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
शनिबार, आश्विन २७, २०८०

उदयपुर । बडादसैँको अवसर पारेर त्रियुगा नगरपालिका १२ मा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै २५० जनाको स्वास्थ्य परीक्षण भएको छ। गंगालाल हृदयरोग केन्द्रका मुटु सम्बन्धी रोगका विशेषज्ञ डाक्टर कार्तीकेश कुमार ठाकुरले स्वास्थ्य परिक्षण गरेका थिए ।

बढ्दो गर्मी र वातावरणीय प्रभावले आम नागरिकमा मुटु सम्बन्धी रोग बढी रहेको बिषयलाई मध्यनजर गर्दै मुटु, उच्च रक्तचाप र मधुमेह सम्बन्धी रोगको स्वास्थ्य परिक्षण गरिएको त्रियुगा वडा नं १२ का कार्यवाहक वडा अध्यक्ष अनिता थापाले बताइन ।

जेसिआई उदयपुरल आयोजना गरेको शिविरलाई त्रियुगा नगरपालिका वडा नं १२ ले आर्थिक सहयोग गरेको हो । शिविरमा चेकजाँच गर्न आएका बिरामीलाई त्रियुगा मेडिकल हलले निशुल्क औषधी उपलब्ध गराएको थियो ।
शिविरमा त्रियुगा नगरप्रमुख वसन्त बस्नेत, उपमेयर महेश्वरी राईले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।