नगर सफा गर्न जनप्रतिनिधि र राष्ट्रसेवक एकै ठाउँ

Logo
सोमबार, आश्विन २९, २०८०

उदयपुर।  शनिबार विहानै हातमा झाडु बोकेका त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत,  उपप्रमुख, वडा अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीहरु, ट्राफिक प्रहरी, विभिन्न संघ संस्थामा आवद्ध अभियान कर्मी  त्रियुगा नगरपालिकाको मुख्य बजार गाइघाटको पिपल चोक देखी मुख्य चोक सम्म झाडु लाउदै देखिए।

नगर प्रमुख सहितको टोलीमा सुरक्षा निकाय, उद्योग बाणिज्य संघ, गैरसरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ लगायत १६ वटा संघ संस्थाका पदाधिकारीहरु र केही सदरमुकामका व्यापारी पनि समावेश थिए । पछिपछि नगरपालिकाका नगर प्रहरी र ट्याक्टर समेत थियो । नगर प्रमुख सहितको टोलीले सदरमुकामको मुख्य बजार क्षेत्रमा स्थानीय व्यापारीले फालेको फोहोर झाडु लाउदै उठाउदै आए।

यो बजार आसपासका क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएकाले न्यूनीकरणका लागि त्रियुगा उद्योग बाणिज्य संघले सुरु गरेको नगर सफा राखौं अभियानको सुरुआत थियो । सडक किनारामा फालिएका फोहोर झाडुले बडारेर संकलन गर्दै नगर प्रमुख बसन्त बस्नेतले सुरुआत गरे ।

नगर क्षेत्रको सरसफाइका लागि जनप्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारीले फोहोर उठाइरहँदा स्थानीय भने रमिते जस्ता थिए । जनप्रतिनिधि र प्रहरीले फोहोर उठाएको दृश्य अधिकांश स्थानीयहरुले रमाइलो मानेर हेरिरहेका थिए । नगरप्रमुखले अभियानमा सहभागी हुन र बजार सफाई राख्न बाजारवासीलाई आग्रह गरे पनि चासो देखाएनन ।

पिपल चोक देखी शुरु भएको सफाई अभियान त्रियुगा बसपार्क सम्म पुगेर टुंगिएको थियो । आफ्नो क्षेत्रमा हुने फोहोरजन्य वस्तु आफैले संकलन गरि नगरपालिकाले पठाएको गाडीमा हालेर पठाएमा सहज हुने त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो। नगरपालिका क्षेत्रमा सडकमा फोहोर फाल्ने, निर्माण रामाग्री राख्ने र सडक क्षेत्र मिचेर संरचना निर्माण गर्ने र व्यापार व्यवसाय गर्ने गर्दा बजारको सौन्दर्यता घटेकोमाचिन्ता व्यक्त सबै सरोकारवालाले चासो दिएर नगर सफाइको अभियानमा साथ दिएकोमा नगर प्रमुख बस्नेतले आभार प्रकट गरे।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।