त्रियुगा नगरपालिका द्वारा ‘चाडपर्वमा कोही नरहून सडकमा’ भन्ने भावाना सहित १४ सडक मानवको उद्धार

१४ सडक मानवको उद्धार
Logo
खेमराज दाहाल बिहिबार, कार्तिक ०२, २०८०

उदयपुर  । उदयपुरको त्रियुगा नगरपालिका भित्र सडकमा बसेर जिवन गुजारा गर्दै आएका १४ सडक मानवलाई उद्धार गरिएको छ । बुधबार  मानव सेवा अश्रामको सहयोगमा त्रियुगा नगरपालिकाले उनीहरुको उद्धार गरेको हो।

नगरपालिकाले सडक मानव मुक्त बनाउने उदेश्य सहित मानव कल्याण स्वरुप उनीहरुलाई उद्धार गरिएको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताउनु भयो । त्रियुगा नगरपालिकाको प्रशासनिक क्षेत्र गाईघाट बजारको विभिन्न चोक र गल्लीमा बसेर कष्टकर जिवन विताउदै आएका १ बालक, ४ जना महिला र ९  पुरुष गरि १४ जनालाई उद्धार गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।  उनीहरुलाई गाईघाटको मुख्य चोक, बिपिचोक, पिपल चोक, बुद्ध चोक, जलजले लगायतका स्थानबाट उद्धार गरिएको हो ।

चाडपर्वमा कोही नरहून सडकमा भन्ने भावाना सहित उद्धार गरिएका १४ जना लाई मानव सेवा आश्रमलाई जिम्मा लगाएको नगर उपप्रमुख महेश्वरी राइले बताउनु भयो ।  मानव सेवामा समर्पित मानव सेवा आश्रम संस्थाले देशव्यापी बेवारिसे मानिसहरुको हितका खातिर राष्ट्रिय उद्धार अभियान थालेको छ । सोही अभियान अन्तर्गत उदयपुरका सडक मानवहरुको ऊद्धार गरिएको संस्थाले जनाएको छ।  यस अघि त्रियुगा नगरपालिकाको आर्थिक सहायतामा गाईघाट बजारमै सडक मानवको उद्धार गर्न ‘साझा सेवा घर’ संचालनमा ल्याइएको छ । साझा सेवा घरमा अहिले २ वालक आश्रीत छन।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।