त्रियुगाको मोतियाही(मथ्याई) मा वृद्धाश्रम र गौशालाको शिलान्यास

Logo
बुधबार, कार्तिक १५, २०८०

उदयपुर ।  त्रियुगा नगरपालिकाको मोतियाहीमा वृद्धाश्रम भवन बन्ने भएको छ । बेसहारा तथा अपहेलित भएका ज्येष्ठ नागरिकलाई संरक्षणका लागि वृद्धाश्रम बनाउन लागिएको हो । वृद्धाश्रमको त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त बस्नेतले बुधबार एक कार्यक्रमका बीच  शिलान्यास गर्नु भएको हो ।

राधा कृष्ण कुञ्ज बिहारी संस्थाले ८ दशक अगाडी निर्माण भएको राधाकृष्ण मन्दिरको जग्गामा बृद्धाश्रम, गौसेवा र गुरु कुलम निर्माण गर्ने भएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले वृद्धाश्रम निर्माण जस्तो पवित्र काममा लागेर मानवीय सेवामा समर्पित सम्पूर्णलाई धन्यबाद दिदै स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

राधा कृष्ण कुञ्ज बिहारी संस्थाको सक्रियतामा विभिन्न सहयोगदाताबाट  सहयोग जुटाउँदै वृद्धाश्रम बनाउन लागिएको संस्थाका अध्यक्ष सपना बस्नेतले बताउनु भयो । कार्यक्रममा नगर प्रमुख सहित, पूर्व नगर उपप्रमुख देवी चौधरी, वडा अध्यक्ष घमान सिङ खत्री, राज कुमार दनुवार, राष्ट्रिय कलाकार नवल खड्का लगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]