७ बर्षमा नबनेको पुल बन्ला त २ बर्षमा

Logo
आइतबार, कार्तिक १९, २०८०

उदयपुर । हेलिकप्टर चढेर आएर बढो तामझाम सहित शिलान्यास गरिएको खोटाङको पूर्वीभेगलाई तराई संग जोड्ने बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्र्यियुगा नगरपालिका १४ साउने जोड्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेवल पक्की पुल शिलान्यास भएको ६ वर्ष बढी समय बिति सक्दा पनि अहिले सम्म ६ प्रतिशत काम भएको छैन। २०७६  साल असार मसान्तमा सम्पन्न गर्ने गरि २०७३ साल असार ३० गते सम्झौता गरिएको पुलको सम्झौता गरेको झन्डै एक वर्ष पछाडी २०७४ साल भदौ २३ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले हेलिकप्टरबाट आएर शिलान्यास गरेका थिए ।

पुल निर्माणको जिम्मा पाएको रसुवा-स्वछन्द-पप्पु जेभीले पुल सम्पन्न गर्नु पर्ने मिति गुज्रिएको ४ वर्ष पछि पुलको डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्ने योजना बनाएको छ।आफ्नै डिजाइनमा निर्माण गर्ने ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले वेल फाउण्डेसन  प्रविधिको पुल निर्माण गर्ने गरि काम शुरु गरेको थियो । निर्माण सम्पन्न गर्ने म्याद गुज्रिएको ४ वर्ष पछि निर्माण कम्पनीले वेल फाउण्डेसन प्रविधिबाट पुल निर्माण गर्ने नसकिने बताउदै पाएल फाउण्डेसन  प्रविधिको पुल निर्माण गर्ने गरि पुलको डिजाइन परिवर्तन गरेर निर्माण गर्ने तयारी गरेको छ ।

यस अघि पुल निर्माण कम्पनीको काममा ढिलासुस्ती गरेको भन्दै  एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) तानी सकेको छ । पुल अलपत्र पार्ने रसुवा-स्वछन्द-पप्पु जेभी नागार्जुन नगरपालिका १२ काठ्माडौंको चार करोड ४२ लाख पेश्की तानेको हो । रसुवा-स्वछन्द-पप्पु जेभीकोतर्फबाट अग्रिम भुक्तानी जमानत जारी गर्ने सनराइज बैंक लिमिटेड, गौरीधारा, काठ्माडौंबाट सो पेश्की रकम तानिएको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले पुष्टि गरेका छन।

ठेकेदारले सम्झौता अनुसार कार्यसम्पादन नगरेको भन्दै सडक विभाग पुल सेक्टर धरानले हप्ता दिनभित्र राष्ट्रिय बाणिज्य बैंक इनरुवा, सुनसरीमा रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालय इनरुवाको धरौटी खातामा अग्रिम भुक्तानी जमानत जम्मा गर्न २०७९ फागुन २५ गते र माघ २६ गते बैंकलाई पत्राचार गरेको थियो ।

भ्याट बाहेक २२ करोड ५० लाखमा २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी रसुवा-स्वछन्द-पप्पु जेभीले २०७३ साल असार ३० गते धाप्लाङघाट पुलको सम्झौता गरेको थियो । ५ स्पाम रहेको पुलको लम्बाई २ सय मिटर रहेको छ भने फुटपाथ सहित १०.५ मिटर चौडाई रहने डिजाइनमा उल्लेख गरिएको छ।

पुल निर्माणमा ढिलाई भएको भन्दै सर्वत्र आलोचना हुन् थाले पछि उदयपुरका माननीय डाक्टर नारयण खड्काले निर्माण कम्पनीका साझेदार रसुवा निर्माण कम्पनीका प्रतिनिधि तथा रसुवा जिल्लाका संघिय माननीय मोहन आचार्यलाई लिएर धाप्लाङ घाटमा पुगेका थिए ।  ७ वर्ष सम्म नबनेको पुलको जिम्मा अव आफुले लिएर डिजाइन परिवर्तन गरि २ वर्ष भित्रमा पुलको निर्माण कार्य सक्ने प्रतिबद्धता माननीय आचार्यले गरेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।