उद्योग वाणिज्य संघद्वारा व्यवसायीको सामुहिक दुर्घटना वीमा

Logo
आइतबार, कार्तिक १९, २०८०

उदयपुर। त्रियुगा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि रु १ लाखको सामुहिक दुर्घटना वीमा गरेको छ । आज आइतबार एक कार्यक्रम गर्दै संस्थाका अध्यक्ष रमेश रसाइलीले आफ्ना २ सय १९ सदस्यको १ लाखका दरले दुर्घटना बिमा गरेर हस्ताब्तरण गरेका छन ।

संघका महासचिव दिनेश कुमार श्रेष्ठका अनुसार संस्थामा आवद्ध साधारण सदस्यहरुको दुर्घटना बिमा वापत पहिलो चरणमा २ सय १९  जनाको विमा गरिदिएको छ। त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले बिमितहरुको बिमालेख हस्तान्तरण गरेका थिए।

बिमामा १ लाख सम्मको दुर्घटना बिमा सहित स्वास्थ्य उपचार खर्च र अंग भंग भएको र आशिक र पूर्ण अपाङ्ग भएकाहरुको स्वास्थ्य उपचारमा सहयोग हुने अध्यक्ष रमेश रसाइलीले बताए । वीमाको कार्यबाट उद्योगी, व्यवसायीले राहात महसुस गर्ने र भइपरी आउने जोखिमको अन्त्य गर्नका लागि वीमा प्रभावकारी हुने उल्लेख गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख बस्नेतले व्यापारी व्यबसायीहरुलाई सदरमुकामको बजार भएका कारण बजार परिसरलाई सफा र सुग्घार राख्न चुनौती भएका कारण सहयोग गर्न आग्रह गरे । उनले व्यवसायीले मात्र बजारको सौन्दर्यतामा ध्यान दिन सके धेरै कुरा सहज हुने भएकाले सहजीकरण गरि फुटपातमा बजार नलगाई दिन ध्यान कर्षण गराए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।