जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशकै उत्कृष्ट

Logo
खेमराज दाहाल बिहिबार, कार्तिक २३, २०८०

उदयपुर । जिल्ला अस्पताल उदयपुर न्यूनतम् सेवा मापदण्डमा कोशी प्रदेशकै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनमा जिल्ला अस्पताल उदयपुर उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पतालले ६९.३७ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाले बताए ।

विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ । प्रशासन व्यवस्थापन, क्लिनिकल सर्भिस, विभिन्न विशेषज्ञ सेवा र  हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर झाले बताए ।

न्यूनतम् सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पताल प्रमुख झाले जनाएका छन ।

विगतमा लामो समय सम्म चिकित्सकको अभाव हुदाँ रेफर सेन्टर जस्तो बनेको जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य उपचार हुन थाले पछि  जिल्ला बाहिरका निजि ठूला हस्पिटलहरुमा जानू पर्ने अवस्था टरेको छ ।  हाडजोर्नी, नशा, जटिल खालका गर्भवती महिलाको सुत्केरी (सिएस) देखि पित्तथैलीको पत्थरी, एपेन्डीसाईटिस, हाईड्रोसिल र हर्नियालगायत शल्यक्रिया (अप्रेसन) हुने गरेका कारण जिल्ला अस्पताल अहिले आकर्षणको केन्द्र बनेको छ ।

अस्पताल प्रशासनका अनुसार अहिले दैनिक न्यूनतम ५ सयदेखि १५ सय बिरामीले उपचार सेवा लिँदै आएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।