वडा नं १ मा नि:शुल्क स्वास्थ्य शिविर, ४ सय २९ ले गराए आँखाको चेकजाँच

Logo
आइतबार, मंसिर १७, २०८०

उदयपुर । नेपाल नेत्रज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लाहानको  प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका वडा नं १ ले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ। १ दिने निःशुल्क आँखा शिविरबाट वडा भित्र र बाहिरका ४ सय २९ जना आँखाका बिरामीले उपचार पाएका छन ।

वडा नं १ स्थित बरगाछीमा भएको एक दिने आँखा शिविरमा १ सय ९८ विद्यार्थी र २ सय ३१ जना सर्वसाधारणले आँखाको जाँच गराएका हुन । शिविरमाअ चेक जाँच गर्दा शल्यक्रिया गर्नु पर्ने भएमा बिरामीलाई अस्पताल लगेर नि:शुल्क शल्यक्रियाको व्यवस्था समेत गरिने गरि शिविरको आयोजना गरिएको त्रियुगा वडा नं १ वडा अध्यक्ष मनोज कुमार चौधरीले बताए ।

विशेषत अहिलेको प्रविधिको युग भएका कारण विद्यार्थी र बच्चाहरुमा आँखामा समस्या देखिने भएका कारण विद्यार्थीलाई लक्षित गरि शिविरको आयोजना गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिए । चौधरीका अनुसार विद्यार्थीहरुमा आँखामा समस्या देखिए शल्यक्रिया देखि चस्मा लगाउन परे पनि नि:शुल्क उपलब्ध गराइएको छ ।

आँखा शिविर कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले  प्रविधिको प्रयोगले समेत आँखामा असर गर्ने र जनचेतनाको कमीले गर्दा आँखामा संक्रमण हुँदा धेरैले दृस्टी बिहिन हुन परेको बताए । आँखा शरीरको  महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेका कारण शिविरको आयोजना गरिएको नगर प्रमुख बस्नेतको भनाई थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।