त्रियुगा नमुना मावीको प्रसाशनिक भवन उद्घाटन

Logo
बिहिबार, मंसिर २८, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले त्रियुगा नमुना  माध्यमिक विद्यालयको नवनिर्मित दुई तले भवन र खेलकुद मैदानको उद्घाटन गरेका छन् । त्रियुगा नगरपालिका ११ स्थित  त्रियुगा माविको नयाँ प्रशासनिक भवन, बास्केट बल र ब्याटमिन्टन खेलका  खेल मैदान (कोट)  नगरप्रमुख बस्नेतले उद्घाटन गरेका हुन  ।

कक्षा १ देखि कक्षा १२ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखी नेपाली अंग्रेजी दुवै माध्यम बाट अध्यापन गराउदै आएको बिद्यालयमा अहिले २८ सय बढी बिद्यार्थी अध्यनरत छन। भवनको अभाव हुँदा समस्या झेल्दै बिद्यालयले सभाहल सहित १४ कोठे भवनको आज एक कार्यक्रम गर्दै उद्घाटन गरेको हो। बिद्यालयमा अहिले सिभिल इन्जिनियरिङ, बिज्ञान, शिक्षा, मानविकी र ब्यबस्थापन गरि ५ संकायमा पठनपाठन भई रहेको बिद्यालयका प्रधानाध्यापक सुबाश बिष्टले बताउनु भयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सुबाश बिष्टले बिद्यालयको अवस्थाको बिषयमा जानकारी गरएका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले  शिक्षाको गुणस्तर सुधारका लागि बजेटमा प्राथमिकता दिएर भौतिक संरचना निर्माणका साथै खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक महोत्सव, दिवा खाजा लगायत कार्यक्रम अगाडि सारेको बताउनु भयो  । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बिद्यालयको दरबन्दी मिलान देखी स्थान पाठ्यपुस्तक समेत तयार गरि पठनपाठन सुरु गरिएको उल्लेख गर्नु भयो । नमुना बिद्यालय अन्तर्गत नेपाल सकारको १ करोड ५० लाख अनुदानमा बनेको भवनमा सभाहल सहित १४ कोठा रहेका छन ।

उद्घाटन कार्यक्रममा उप प्रमुख महेश्वरी राई, वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोइराला, वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवाल, वडा नं ४ का वडा अध्यक्ष बद्री बस्नेत र वडा नं १० का वडा अध्यक्ष किरण पाण्डे लगायत बिद्यालय व्यवस्थापन समितिका सदस्यहरु र अन्य अध्यापकहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।