लायन्स क्लव द्वारा त्रियुगाका दुई बिद्यालयलाई न्यानो कपडा सुइटर बितरण

Logo
शनिबार, मंसिर ३०, २०८०

उदयपुर । लायन्स क्लब अफ बिराटनगर एक्टिभले  ३ सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १३ मा रहेका २ वटा बिद्यालयका ३ सय २ विद्यार्थीलाई न्यानो कपडा सुइटर बितरण गरेको हो ।

श्री जनप्रेमी आधारभुत विद्यालयमा अध्ययनरत १ सय ५१ जना विद्यार्थी र श्री जनता आधारभुत बिद्यालयमा अध्ययनरत १ सय ५१ जना विद्यार्थीहरुलाई न्यानो कपडा आज त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बितरण गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले जाडोबाट बचाउन बच्चाहरूलाई न्यानो कपडा सहयोग गर्ने संस्थालाई धन्यवाद दिए । मनवीय धर्म अनुसार सामर्थ्य हुनेले गरिव असाह्यहरुका लागि मानव सेवा गर्न कन्जुस्याइँ गर्न नहुने भन्दै मेयर बस्नेतले सरकार सँगसँगै आम नागरिक पनि समाज र देश प्रती जिम्मेवार बने समाज परिवर्तनमा अझ मदत पुग्ने दावी गरे ।

कार्यक्रममा लायन्स क्लव अफ बिराटनगर एक्टिभका मेम्बर, वडा अध्यक्षहरु नवीन चौधरी र अनिता थापा उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।