प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगितामा सुनसरी प्रथम

Logo
आइतबार, पुष ०१, २०८०

उदयपुर । स्थानिय स्तरमा कराते खेलको विकास र बिस्तारमा टेवा र्पुयाउने उदेश्यले जिल्ला सितोरियो कराते संघ उदयपुरको आयोजनामा प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगितामा सुनसरी प्रथम भएको छ । फाइनल खेलमा ४ स्वर्ण ५ रजत र ३ कास्य पदक सहित सुनसरी प्रथम भएको हो ।

उदयपुरको थारुहट रंगशाला संचालित प्रतियोगितामा झापा, मोरङ, सुनसरी, सिराहा, उदयपुर, सप्तरी, महोत्तरी, सर्लाही र संखुवासभा जिल्ला सहभागी भएका थिए । प्रतियोगितामा सिराहा दोस्रो भएको छ भने झापा तेस्रो भएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुष तर्फ झापाका इसाक राई, उदयपुर त्रियुगाका सुजन तामाङ र महिला तर्फ झापाकै प्रकृति दुम्जन रहेकी छन ।

जिल्ला सितोरियो कराँते संघका अध्यक्ष ध्रुव खड्काको अध्यक्षतामा तथा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।  त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, कटारी नगरपालिका र त्रियुगा नगरपालिकाका वडाहरुको सहयोगमा सम्पन्न प्रतियोगितामा कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठ, त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई र कटारी नगरपालिकाका उपप्रमुख गीता खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले कराते खेल आत्मरक्षाका निम्ति महत्त्वपूर्ण रहेकोले यसले मानिसको शाररिक बनावटमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताए । मेयर बन्सेतले नगरपालिकाले आफ्नो शैक्षिक क्यालेन्डरमानै प्रकाशन गरेर खेलकुदलाई प्राथमिकतामा राखी विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोइराला, वडा नं १२ का कार्यवाहक वडा अध्यक्ष अनिता थापाको उपस्थिति रहेको थियो । त्रियुगा नगरपालिकाबाट नगर प्रमुख सहित खेलाडीहरु मार्चपास गर्दै प्रतियोगिता हुने स्थान थारुहट रंगशाला सम्म पुगेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।