१० बर्ष मुनीका वालवालिकालाई कोशी प्रदेश सरकारले निशुल्क उपचार गरिदिने

Logo
शनिबार, पुष ०७, २०८०

उदयपुर । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले प्रदेशका १० बर्ष मुनीका वालवालिकालाई सरकारले निशुल्क उपचार गरि दिने बताएका छन ।

नेपाली काँग्रेस उदयपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्य मन्त्री कार्कीले १० बर्ष मुनीका बालबालिकालाई निशुल्क उपचार प्रदेश सरकारले गरि दिने बताएका हुन ।

मुख्य मन्त्री कार्कीले रात भर नसुती जनताको सेवामा लाग्ने महिला स्वस्थ्य स्वयम् सेवीकालाई समेत प्रोत्साहन भत्ता अथावा सेवा सुबिधा थप गर्ने जानकारी दिए । आफू क्रमभंग गरेर मुख्यमन्त्री भएकाले प्रदेशको बिकासमा पनि क्रम भंग गरेर भौतिक बिकास भन्दा मानवीय बिकास लाई प्राथमिकता दिने उल्लेख गरे ।

उनले प्रदेशका क्षमतावान विद्यार्थीलाई उनिहरुले इच्छाएअनुसारको उच्च शिक्षाका लागि  छात्रवृत्तिको योजना मार्फत निशुल्क पढाउने प्रदेश सरकारले योजना बनाएको बताए । मुख्यमन्त्री कार्कीले बिराटनगरमा खोल्ने भनिएको काँग्रेस नेतृ स्व. शैलजा आचार्य स्मृति हृदयरोग केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याएर प्रदेसबासी जनतालाई सकेसम्म निःशूल्क मुटुको उपचार सेवा दिन लागेको कुरा पनि बताए । 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।