एक महिने धिमे र बाँसुरी बाजा बजाउने तालिम शुरु

Logo
आइतबार, पुष ०८, २०८०

उदयपुर । उदयपुरको सदरमुकाम गाइघाटमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षणका लागि धिमे एवम् बाँसुरी बाजाको शनिबारबाट प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण तालिमको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले मौलीक कला, संस्कृति र भाषाको संरक्षणले मात्रै परम्परागत मान्यताहरुलाई जोगाउन सकिने बताए । उनले नगरक्षेत्र भित्र रहेका कला संस्कृति र सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको लागि नगरपालिकाले आगामी बर्षको निती तथा कार्यक्रममा बिशेष सम्बोधन गर्नेे उल्लेख गरे ।

युवा पुस्ताले पुराना संस्कृतिलाई संरक्षणमा चासो नदेखाए परम्परागत मान्यता नै लोप  हुनसक्ने खतरा बढेको वडा अध्यक्ष सुमन्त कोइरालाले बताए

धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउने शिपको क्षमता विकासको लागि सनिबार देखि सुरु भएको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । धिमे बाजा  नेवार समुदायमा सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि झिगु नेवा पुच : उदयपुर गाईघाटले नगरपालिकाको आर्थिक सहयोगमा बाजाको संरक्षण गर्ने अभियान थालेको हो ।काठमाडौं वाट आएका प्रशिक्षक सुधन मुनिकारले उक्त तालिम दिनेछन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।