त्रियुगाको खेलकुद सप्ताह ११ गते देखि सुरु, नगर क्षेत्रका सम्पुर्ण बिद्यालयलाई ११ गते देखि १३ गते सम्म बिदा

Logo
सोमबार, पुष ०९, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुलाई बिदा दिएको छ । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार पालिकाले खेलकुद सप्ताह संचालन गर्ने भएका कारण बिदा दिने भएको हो ।

पुस ११ गते देखि गाईघाटको थारुहट रंगशालामा हुने दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्र भित्रमा सम्पुर्ण माध्यमिक बिद्यालयलाई अनिवार्य सहभागीताको लागि बिदा दिएको त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

नगरपालिकाले प्रतियोगीताको उद्घाटनमा नगर क्षेत्र भित्रका सम्पुर्ण बिद्यालयका व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीहरुलाई औपचारिक पोशाकमा अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

नगरपालिकाले विद्यार्थीलाई पढाईमा मात्र सिमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्री डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा भाग लगाउने गरि निर्णय गराएको छ  ।

शिक्षालाई बैज्ञानिक र आजको युग सुहाउँदो बनाउने भन्दै नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरि कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय सिप, कला-संस्कृति, ऐतिहासिक महत्वका ठाउँ, कृषि, नैतिक र पारिवारिक शिक्षा दिदै आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।