प्रधानमन्त्री कप छनोट खेलबाट उदयपुरका १४ खेलाडी छानिए

Logo
मंगलबार, पुष १०, २०८०

उदयपुर । उदयपुरमा जारी प्रधानमन्त्री कप पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिताका लागि जिल्ला स्तरीय  छनाेट सकिएको छ । शनिबार देखि पुस ९ गते सम्म भएको उदयपुर जिल्ला स्तरीय सिनियर खेलाडी छनोटबाट १४  उत्कृष्ट खेलाडी छनोट भएका हुन।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कोशी प्रदेशको उदयपुर जिल्लामा छनोट खेलमा ६ टोलीले प्रतिस्पर्धा गरेका छन । उदयपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको छनोट प्रतियोगिता पुस ७ गते देखि ९ गते सम्म बरुवा बस पार्क नजिकैको मैदानमा भएको हो ।

जिल्ला भरिबाट आएका खेलाडीलाई ६ टिममा विभाजन गरि प्रत्यक टिमलाई एक अर्कामा प्रतिस्पर्धा गर्ने गरि  नकआउटको आधारमा एक दिवशिय क्रिकेटका खेलहरु भएको थियोे । येहि खेलका आधारमा टिममा पर्न सफल खेलाडीहरु सोनु अन्सारी, आइश भट्टराई, प्रभात किरण हाङ्गखिम राई (विकेट किपर) प्रकाश सुबेदी, रवि रोय, निर्देश बस्नेत, सुयोग कार्की, तेज आचार्य, दिपक राज जोशी, दिपेश बजगाई, नविन महतो, एलिश खड्का, विक्रम कार्की र राजन यादव छनोटमा परेका हुन ।

यस बाहेक ४ जना खेलाडीलाई बैकल्पिकमा राखेको छ।  आशिष सुनुवार, सन्त सुनुवार, रितेश रौनियार र नवराज सिग्देल बैकल्पिक खेलाडीमा परेका हुन । छनोट र बैकल्पिकमा परेका खेलाडीलाई प्रादेशिक छनोट प्रतियोगिताका लागि पठाइने जिल्ला क्रिकेट संघका अध्यक्ष एल्विन बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।