त्रियुगा दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आज बाट शुरु

Logo
बुधबार, पुष ११, २०८०

उदयपुर  । त्रियुगा नगरपालिकामा विद्यालय स्तरीय दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन हुने भएको छ । नगरप्रमुख बसन्त बस्नेतले त्रियुगा नगरपालिकाको नेतृत्व सम्हालेपछि शैक्षिक क्यालेण्डरमा नै कार्यक्रम राखेर खेलकुद प्रतियोगिता संचालन गरिने भएको हो ।

दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुणर् शैक्षिक संस्थाहरुलाई बिदा दिएको छ ।

प्रतियोगिता विशेष समारोहको विच थारुहट रंगशालामा उद्घाटन हुने भएको छ । गतसाल त्रियुगा माविको खेलमैदानमा भएको प्रतियोगिता यस बर्ष थारुहट रंगशालामा आयोजना हुने त्रियुगा नगरपालिका नगरखेलकुद विकास समितिले जनाएको छ ।

दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्र भित्रमा सम्पुणर् माध्यमिक बिद्यालयले अनिवार्य सहभागीताको लागि बिदा दिएको त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

नगरपालिकाले प्रतियोगिताको उद्घाटनमा नगर क्षेत्र भित्रका सम्पुणर् बिद्यालयलाई व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीहरुलाई औपचारिक पोशाकमा अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

नगरपालिकाले विद्यार्थीलाई पढाईमा मात्र सिमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्री डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा भाग लगाउने गरि निणर्य गराएको छ ।

शिक्षालाई बैज्ञानिक र आजको युग सुहाउँदो बनाउने भन्दै नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरि कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय सिप, कला, ऐतिहासिक महत्वका ठाउँ, कृषि, नैतिक र पारिवारिक शिक्षा दिदै आएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।