अशक्त र अपाङ्ग संग त्रियुगा नगरपालिका

Logo
बिहिबार, पुष १९, २०८०

उदयपुर । बाल अपाङ्ग टेवा संस्थाको सहयोग तथा त्रियुगा नगरपालिकाको संयोजनामा युवा तथा बालबालिकालाई व्हीलचेयर वितरण गरिएको छ । त्रियुगा नगरपालिका नगरप्रमुख बसन्त बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४४ जना  हिडडुल गर्न नसक्ने युवा तथा बालबालिकालाई व्हीलचेयर वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका र शारिरिक स्थिति कमजोर परेकालाई व्हिलचेयर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

त्रियुगा नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बसन्त बस्नेतले बालबालिकाको निरन्तर सेवा तथा बाल अधिकार स्थापनाका लागि काम गर्दै आएको बाल अपाङ्ग टेवा संस्थाले गरेको कार्यप्रति धन्यवाद व्यक्त गरे ।

सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा संस्थालाई धन्यवाद दिँदै त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले अपाङ्गता भएका बालबालिकालाई यस किसिमको सहयोगका लागि सहयोगी संस्थाको लागि धन्यवाद व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।